एसपी रिपोर्टर
सुनसरी, चैत्त १४ : सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको प्रमुखका लागि जनता समाजवादी पार्टीका तर्फबाट दिलिप साह लाई उम्मेबार बनाउने पार्टीले निर्णय गरेको छ । पार्टीको नगर तथा जिल्ला नेतृत्वको बैठकले केन्द्रिय निर्देशन अनुसार इनरुवा नगरपालिकाको प्रमुखका लागि दिलिप साहलाई उम्मेबार बनाउने निर्णय गरेको हो । साह नेपाल वैश्य युवा संघका केन्द्रिय अध्यक्ष समेत हुन ।
पार्टीको आधिकारीक निणर्य सार्वजनिक गर्दै पार्टीका इनरुवा अध्यक्ष गुलाव शर्माले नगरमा आगामी वैशाख ३० गतेको निर्वाचनमा मेयर पदको उम्मेदवार साह हुने जानकारी गराएका छन् । शर्माले सात सामुदायिक विद्यालयलाई कक्षा १२ सम्मको पढाई हुने व्यवस्था मिलाउने, अस्पताललाई थप व्यवस्थित गर्ने, नगरबाटै थप पाँच जना डााक्टरको व्यवस्था गर्ने, ५० किलोमिटर बाटो कालोपत्रे गर्ने, स्वरोजगार सृजना गर्ने कार्यक्रम सहितका ३५ वुदे महत्वकांक्षी घोषणा पत्र पनि तयार गरेको जानकारी गराएका छन् ।
सोमबार आयोजना गरेको उम्मेदबार घोषणा सहितको पत्रकार सम्मेलनमा मेयरका उम्मेदबार साहले इनरुवा नगरपालिकामा वर्तमान निर्वाचित जनप्रतिनिधिहरुको रवैया देखेर आफू जनता समाजवादी पार्टी ( जसपा) नेपालबाट उम्मेदवारी दिने नगरपालिका भित्रको गलत क्रियाकलाप सुधार र शुशासनका लागि काम गर्ने बताए । उनले जसपाको चुनाव चिन्ह ढल्केको छाता छापमा मतदान गर्न आग्रह गर्दै घरदैलो थालेको बताए ।
साहले जनतालाई जनार्दन मानी इनरुवा अस्पतालमा नगरपालिकाले तलब खुवाउने गरि कम्तीमा ५ जना विशेषज्ञ डाक्टर नियुक्ति गर्ने, स्वास्थ्य बिमाबाट पाउने औसधीको व्यवस्था गर्ने र अस्पताललाई ५ बर्ष भित्र निजि अस्पताल भन्दा राम्रो बनाउने, नगरभित्रको सबै हेल्थ पोस्टहरुमा सरकारले उपलब्ध गराउने ३६ किसिमको औषधी सहित सबै सेवा सुबिधा दिने, इनरुवानगर भित्रको ३५ वटै सरकारी स्कुलहरुमा अंग्रेजी माध्यम, कम्प्युटर शिक्षा सहित बोर्डिङ भन्दा राम्रो गुणस्तरीय शिक्षाको व्यवस्था मिलाउने दावी गरे ।
साहले नगर भित्रको सबै माध्यमिक स्कुलहरुमा +२ संचालन गर्ने, सुनसरी बहुमुखी क्याम्पसलाई जिल्ला कै नमुना क्याम्पसमा स्तरोन्नति गर्ने, इनरुवालाई सदरमुकाम बनाउनका निम्ति योगदान दिनु भएको दिल बहादुर श्रेष्ठ, बाबा श्याम लाल मिश्रा, बाबा मैनकी दास पण्डितको उपयुक्त ठाउँमा शालिक निर्माण गर्ने, इनरुवामा आधुनिक पुस्तकालय निर्माण गर्नै, बबिया बजार, बजारको गौल चौक, महेन्द्र चौक,संखुवागाछी, बलाहा बजार, पोखरी चौक, बर्छवा चौकमा सार्वजनिक शौंचालय निर्माण गर्ने घोषणा पत्र ल्याएका छन् ।
नेपाली काग्रेंसमा जिल्ला सभापती केदार भण्डारी, वर्तमान मेयर राजन मेहता र नेता संजय श्रेष्ठ मेयरको आकांक्षीका रुपमा रहेको पार्टीका नेताहरुले बताएका छन । उता नेकपा एमालेका तर्फबाट खेमराज पोखरेल, पोष्टकुमार नेपाल, इन्द्र पोखरेल, सरोज पोखरेल, पर्शुराम यादव केही दिन अघि एमाले प्रवेश गरेका नवप्रवेश मनोज कुमार मेहता मेयरको आकांक्षीका रुपमा रहेका छन । यसअघि २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा इनरुवा नगर प्रमुख तर्फ नेपाली काँग्रेसका राजन मेहताले १०९८७ मत ल्याएर बिजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पोष्टकुमार नेपालले ९८१३ मत ल्याउँदा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का उम्मेदबार मनोज कुमार मेहताले तेस्रो स्थानमा रहँदै २६१५ मत प्राप्त गर्नुभएको थियो ।