एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १४ : धनुषाको सबैलामा सवारी दुर्घटनामा परि चारजना बालकहरुको मृत्यु भएको छ । सवैलाको वडा नं. १२ रघुनाथपुरको नहरचौक देखि बरकुर्वाको बिच सडकखण्डमा भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ । चारैजना बालकहरु रहेका छन् ।
मृत्यु हुनेमा सबैला वडा २ बस्ने चारजना बालकहरु छन् । वर्ष १२ को लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ को सुमित यादव र वर्ष १२ को बौका यादव छन् । साथै दुर्घटनामा परि सोहि वडाका वष १९ को सुरेन्द्र यादव गम्भिर घाइते भएका छन् ।
प्रादेशिक अस्पताल पुग्दा चारजनै मृत घोषणा गरिएको छ भने घाइतेको उपचार भइरहेको छ । सबैला स्थित ईलाका प्रहरी कार्यालयमा बुझदा प्रहरी निरिक्षक राजकुमार लुईटेलले दुर्घटना भएको र पाँचजनालाई चिन्ताजनक अवस्थामा प्रादेशिक अस्पतलाका लागि पठाइएको बताए । उनले तत्काल आफुहरुले मृत्यु भएको नभएको विषय बुझन नसकेको बताएका थिए ।
एउटा मोटरसाइकल सहित पाँचजना गम्भिर घाइते घटनामा हामी भेटयौं उनले भने, ‘वाँकी दुर्घटना कसरी भयो के भयो भन्ने विषयमा अनुसन्धान पछि मात्र भन्न सकिन्छ ।’ घटनाको विस्तृत विवरण आउन वाँकी छ ।