एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १४ : धनुषाको सबैलामा सवारी दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ । सवैलाको वडा नं. १२ रघुनाथपुरको नहरचौक देखि बरकुर्वाको बिच सडकखण्डमा भएको दुर्घटनामा चारजनाको मृत्यु भएको स्थानियले बताएका छन् ।
यद्यपि यस विषयमा एसपी खवरले सबैला स्थित ईलाका प्रहरी कार्यालयमा बुझदा प्रहरी निरिक्षक राजकुमार लुईटेलले दुर्घटना भएको र पाँचजनालाई चिन्ताजनक अवस्थामा प्रादेशिक अस्पतलाका लागि पठाइएको बताए । उनले मृत्यु भएको नभएको विषयमा अहिले नै आफु भन्न नसक्ने बताए ।
एउटा मोटरसाइकल सहित पाँचजना गम्भिर घाइते घटनामा हामी भेटयौं उनले भने, ‘वाँकी दुर्घटना कसरी भयो के भयो भन्ने विषयमा अनुसन्धान पछि मात्र भन्न सकिन्छ ।’ घटनाको विस्तृत विवरण आउन वाँकी छ ।