एसपी रिपोर्टर
जनकपुरधाम, चैत १४ : निर्माण व्यवसायीको पेशाबाट विश्राम लिदै समाजसेवामा समर्पित हुने इच्छा सहित जनकपुरधामको प्रमुखका आकांक्षी समाजसेवी बलराम महतोले जनकपुरधामवासीले विश्वास गरे जनकपुरधाम बनाउन चाहेको बताएका छन् । जनकपुरधामको मेयरमा चुनाव लड्न अगुवाहरु तथा राजनितिक दलहरुले समेत भनिरहेको बताउदै उनले सकारात्मक सोचँका साथ सहयोग हुने वातावरण बने आफु जनकपुरधाम निर्माणमा लाग्ने उनको भनाई छ ।
म एक निर्माण व्यवसायीको हैसियतले देशकै महत्वकांक्षी र गौरवको आयोजना धरहरा निर्माण गरें उनले भने, ‘देशैभरिबाट तारिफ र प्रशंसा छ अव म आफनो गाँउ ठाँउको सेवा गर्न चाहेको छु ।’ घरहरा बनाउने अवसर पाउँदा स्वयम गौरवान्वित भएको उनको भनाई छ । त्यस अवसरका लागि देशका शिर्षनेताहरु प्रति उनले धन्यवाद समेत ज्ञापन गरेका छन् ।
जसरी काठमाण्डौंवासीहरुको सहयोग र सदभावले धरहरा ठडयाए अव सेवामुलक हिसावले जनकपुरधामवासीहरु संग मिलेर सवैसंग हातेमालो गर्दै विकासको काम गर्ने सोच छ । जनकपुरधामको अगुवाई गर्ने पार्टीहरुले विश्वास गरे उनीहरुबाटै चुनाव लड्ने नभए जनताको भावना अनुसार कुनै निर्णय गर्ने सोचमा छन महतो ।
मेरो एक निर्माण व्यवसायीको परिचय छ, मैले राम्रो काम गरेकै कारण पनि म सफल भएको छु तर अव विसुद्व रुपमा समाजसेवा गर्न चाहन्छु उनले एसपी खवरसंग भने । आफुलाई ठेकेदारको रुपमा मात्र हेरेर व्यवहार भए काम गर्न समस्या हुने उनको तर्क छ ।
निर्माण व्यवसायीको रुपमा छोराहरु सफलता पुर्वक अगाडि बढिरहेकाले आफु अव आफनो मातृभुमिको सेवामा लाग्ने इच्छा उनले जाहेर गरेका छन् । जनकपुरधामको अगुवाई गरिरहेको पार्टीले टिकट दिए चुनाव जित्न र काम गर्न पनि सजिलो हुने भएकाले त्यसका लागि पहिलो प्रयत्न गर्ने र नभए जनता माथी छाडने उनको धारणा छ ।