एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ : एकदमै पिछडिएका मानिने अति दलित डोम समुदाय पनि अव आफनो हक अधिकारका लागि अगाडि बढन थालेका छन् । जनकपुरधाममा मधेश प्रदेश स्तरीय भेलाको आयोजना गरि समुदायका अगुवाहरुले अवको हरेक अवसर र राज्यसंग अधिकार लिने सवालमा आफुहरु पनि संगठित भएर लाग्ने कार्यक्रमका आयोजक जनकपुरधाम १६ बस्ने सरोज मल्लिकको भनाई छ ।
अगुवाहरु समुदाय शिक्षा, राजनितिक र आर्थिक हिसावले अति पिछडिएका रहेकाले उनीहरुको उत्थानमा आफुहरु केहि प्रयास गर्न थालेको बताउछन् । हरेक जातीको संगठन छ तर हामी घरको न घाटको रहेकाले केहि जनचेतना बढोस र सचेतना फैलाउन समेत कार्यक्रम गरिएको उनीहरुले बताए । उनीहरु आफुहरुको पहिलो प्राथमिकता शिक्षा हुनुपर्ने बताउछन् ।