एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : प्रधानमन्त्री शेरबहादुर देउवा लोसपालाई सरकारमा ल्याएर गठबन्धन विस्तार गर्न चाहि रहेको छ । लोसपाले सहमती नजनाएपनि उपप्रधान सहित राम्रो तिनवटा मन्त्रालय पाए सरकारमा जाने संकेत भने गरिरहेकोे छ । केहि दिन पुर्व लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री सरकारमा आउन आग्रह गरिरहेको बताएका थिए ।
त्यसै गरि प्रचण्डले पनि केहि दिन अगाडि जनकपुरधाममा प्रधानमन्त्री देउवा लोसपासंग सम्पर्कमा रहेको र सरकारमा ल्याउन पहल गरिरहेको प्रधानमन्त्री स्वयमले बेलाबखत भन्ने गरेको बताएका थिए । यस्ले चुनावी सरकारमा लोसपालाई ल्याएर गठबन्धनधारी दलहरु एमालेलाई एक्लै पार्ने तयारी गरिरहेको देखिन्छ ।
स्रोतका अनुसार लोसपाले उपप्रधान सहित कम्तीमा शहरी विकास सहित तिन मन्त्रालय चाहेका छन भने प्रधानमन्त्रीले उद्योग बाणिज्य र रक्षा दिने मनशायमा रहेको बुझिएको छ । उपप्रधान दिने कि नदिने दिने भए स्वयम कांग्रेस, माओवादी, नेकपा एस र जसपालाई पनि दिनु पर्ने भएकाले उपप्रधानमन्त्रीको विषयमा भने देउवा बोलेका छैनन ।