एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ : नेकपा ए समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफनो पार्टी परनिर्भर नरहेको बताएका छन् । सधैका लागि कोहि पनि सर्वशक्तिमान नहुने बताउदै नेपालले जनकपुरधाम विमानस्थलमा पत्रकारहरु संग भने, ‘हामी संगठन निर्माण र विस्तारमा छौं, अहिलेको अवस्थामा गठनन्धन नचाहेको भन्दिन ।’ कसैलाई पनि कमजोर आंकलन गर्नु कसैको लागि पनि भुल हुने उनको तर्क छ ।
विहिवार जनकपुरधाममा आयोजना हुने प्रदेश स्तरीय कार्यक्रता प्रशिक्षणका लागि आएका उनलाई उनका पार्टी सहित नेकपा माओवादी केन्द्रका नेताहरुले समेत स्वागत गरेका छन् । एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै उनले कस्ता कस्ता सर्व शक्तिमानहरुको अवस्था नेपालमा कहाँबाट कहाँ पगेको टिप्पनी समेत गरेका छन् ।