एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ : मधेश प्रदेशको राजधानी जनकपुरधामको एतिहाँसिक तिरहुतिया गाछीमा मंगलवार नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय कार्यक्रता प्रशिक्षण तथा भेला कार्यक्रम थियो । कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, गिरिराजमणी पोखरेल सहितको उपस्थिती थियो । तर मञ्चमा भने मातृका प्रसाद यादव देखिएन ।
जनकपुरधाम विमानस्थलमा मात्र एउटा फुलको माला आफै किनेर विमानस्थल पुगेका नेता यादव विमानस्थलको विशिष्ठ कक्षमा बसे । अध्यक्ष प्रचण्डलाई नेता कार्यक्रता करिव धावनमार्ग सम्मै पुगेर स्वागत गरेको भएपनि यादव विशिष्ठ कक्षमै बसिरहे । प्रचण्ड विशिष्ठ कक्षमा पुग्दै गर्दा उनले माला लगाएर स्वागत गरेका थिए ।
तर तिरहुतिया गाछीमा खचाखच नेता कार्यक्रताहरुको उपस्थिती रहेको कार्यक्रमको मञ्चमा भने उनि देखिएन । उनी प्रदेशका नेतृत्वकर्ता नेताहरुसंग असन्तुष्ट रहेको बताइन्छ । एसपी खवरसंगको टेलिफोन सम्र्पकमा उनले आफनो कुनै पनि असन्तुष्टि नरहेको बताए । उनले भने, ‘मेरो कुनै असन्तुष्टि छैन मेरो त्यहाँ कुनै काम थिएन त्यसैले म गईन ।’
नेता यादव मधेश प्रदेशबाट केन्द्रिय समितिमा नेतृत्वकर्ता नेता हुन । एक पटक पार्टी छोडेर मधेशमा विभिन्न गविविधी गरेपनि उनी पुनः माओवादीमा फर्केपछि प्रचण्डको पक्षमा बोल्ने र लाग्ने गरेका नेताहुन । प्रचण्डको एकदमै नजिक उनी मधेश प्रदेशमा प्रचण्डको उपस्थितीमा भएको कार्यक्रममा अनुपस्थित हुनुलाई माओवादी केन्द्रमा आन्तिरक बिबाद प्रष्ट गरेको छ । स्रोतका अनुसार प्रदेशका नेतृत्वकर्ता नेताहरुले उचित जिम्मेवारी र सम्मान नदिने देखेपछि उनी कार्यक्रममा नगएका हुन ।
मञ्चको अग्रपंक्तीमा प्रचण्ड, श्रेष्ठ, पोखरेलका साथै गणेश साह, श्रवण यादव, भरत साह, विश्वनाथ साह, जगत यादव सहितका नेता बसेका थिए भने मातृकाको उपस्थिती देखिएन ।