एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गठबन्धन र सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताएका छन् । जनकपुरधाममा मधेश प्रदेश स्तरीय कार्यक्रता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महन्थ ठाकुरले संघिय सरकारमा सहभागिता र स्थानिय निर्वाचनका लागि हुन सक्ने गठबन्धन र तालमेलका लागि अव छलफल भइरहेको बताएका छन् । यद्यपि कुनै निश्कर्षमा नपुगेको बताएका छन् ।
ठाकुरले सरकारमा सहभागिता र चुनावी तालमेलको विषयमा छिट्टै निश्कर्ष लाग्ने भन्दै त्यस विषयमा नेता कार्यक्रताहरुलाई जानकारी गराइने बताएका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका अध्यक्षहरुलाई पालिकाहरुमा जित्न सक्ने उम्मेदवार नेता कार्यक्रताहरुको नाम छानेर पठाउन आग्रह गर्दै जित्नेलाई मात्र टिकट दिइने बताएका छन् ।
ठाकुरले एमसीसी देशका लागि घातक नरहेको बताउदै शैन्य गठबन्धनको कुराहरु निराधार रहेको बताएका छन् । सडक र बिजुलीको विकासमा लागि मात्र एमसीसी आएको उनको भनाई छ ।