एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केहि दिन भित्रै मन्त्री परिषद फेरबदल हुन सक्ने बताएका छन् । मधेश प्रदेश स्तरीय कार्यक्रता प्रशिक्षणका लागि नेता नारायणकाजी श्रेष्ठ सहित जनकपुरधाम आएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री परिषदमा मन्त्रालय फेरबदल सहित नयाँ मन्त्री समेतको प्रवेश हुने सक्ने बताएका छन् । यद्यपि उनले निश्कर्ष भने लाग्न नसकेको बताएका छन् ।
मंगलवार नै जनकपुरधाममा लोसपाका नेता महन्त ठाकुरले सरकारमा जाने विषयमा छलफल भइरहेको विषयमा प्रचण्ड संग प्रश्न गर्दा उनले सो विषय गठबन्धनमा प्रवेश गरिनसकेको बताएका छन् । नयाँ पार्टीलाई सरकारमा ल्याउने विषयमा भने प्रधानमन्त्रीले बेला बेलामा कुरा राख्ने गरेको उनको भनाई थियो ।

माओवादी पार्टीले हैसियत अनुसारको मन्त्रालय छोडेर कांग्रेस र प्रधानमन्त्रीको पार्टीको महाधिवेशन र माधव नेपालको नयाँ पार्टीलाई मध्येनजर गर्दै आफुहरुले त्याग गरेका भन्दै अव छिट्टै हैसियत अनुसारको मन्त्रालय लिइने उनले बताए । स्थानिय तहको निर्वाचन कसरी लडने विषयमा कांग्रेसको व्यवहारमा निर्भर रहेको उनको भनाई छ ।
आठौं महाधिवेशन र त्यसपछिको केन्द्रिय समिति बैठकको निर्णय सम्प्रेशन गर्न प्रदेशहरुमा पुग्ने क्रममा मधेश प्रदेशमा कार्यक्रता प्रशिक्षणका लागि आएको उनले बताए । अर्को प्रंसगमा उनले छिटै नागारिकता विद्ययेक संसदमा पेश गरि पास गरिने समेत बताए ।