एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : जनकपुरधामस्थित रामजानकी अस्पताल प्रशासनले प्रहरी लगाएर आफुहरुलाई कुटन लगाएको पिडितहरुले आरोप लगाएको छ । शुक्रवार अस्पतालमा एक बालकको मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण ज्यान गएको पीडित परिवारले आरोप लगाउदै आएको छ ।
सोहि घटनाको विषयमा सोमबार पिडित पक्ष र अस्पताल प्रशासन बिच छलफलका लागि समय मिलाइएको भएपनि अस्पताल प्रशासन कुनै चासो नदेखाउदा आज पनि अस्पतालमा तनाव उत्पन्न भएको हो । प्रहरी प्रशासन र बाउन्सर प्रयोग गरि उल्टै आफुहरुलाई कुटपिट गरिएको पिडितहरुको आरोप छ ।
जनकपुरधाम वडा नम्बर ६ का अशरफ राइनका छोरा पाँच वर्षीय आरमिन राइनको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको परिवारजनले आरोप लगाउदै आएका छन् । एपेन्डीक्स भएको बालकलाई वास्तविक उपचार नै नगरी तीन दिनसम्म अस्पतालमा राखेका कारण बालकको मृत्यु भएको परिवारजनको आरोप छ ।
बालकलाई ज्वरो आएपछि अस्पताल ल्याएको र चिकित्सकले विस्तृत जाँच नै नगरी त्यहि भर्ना गरेर राखेको उनको आरोप छ । तीन दिनपछि बाहिर जाँच गराउँदा बालकलाई एपेन्डीक्स भएको पत्ता लागेकोपछि विराटनगर लगिए पनि बालकको मृत्यु भएको थियो । एपेन्डीक्स पत्ता नलाई त्यतिकै राख्दा बालकको शरीरभर विष फैलिएको र मृत्यु भएको थियो ।
घटना भएको दिन अस्पताल प्रशासनले यो घटनाको विषयमा दुवै पक्षलाई राखेर चैत ७ गते सोमबार छलफल गर्ने समेत जनाएको थियो तर सोमवार कुनै पनि छलफल नहुने बताएपछि तनाव भएको छ । जनकपुरधामस्थित रामजानकी अस्पतालमा बेला–बेलामा यस्ता घटनाहरु हुने गरेको छ ।