एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ : जनकपुर जेसिजले जनकपुरधामका जनप्रतिनिधी अगुवाहरु सहितका लाई जुटाएर होली मनाएको छ । जनकपुरधामका प्रदेश सांसद, मेयर सहित विभिन्न राजनितिक दलका अगुवाहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा अगुवाका साथै सवै क्षेत्रका अगुवाहरुलाई बोलाएर होलीको शुभकामना आदान प्रदान गरेको छ ।

जनकपुर जेसिज अध्यक्ष राज कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधामका अगुवाहरुले होलीलाई सम्बन्ध प्रगाढ, भाईचारा, सदभाव र सदाचारका लागि मनाउनु पर्ने बताएका थिए । कार्यक्रममा जेसिजका नेताहरु मनोज कुमार साह, निर्मल चौधरी, मनिष रमण साह, अजय साह मिन्टु, शंकर साह, लक्ष्मीनारायण साह सहितको उपस्थिती थियो ।