एसपी रिपोर्टर
जनकपुरधाम, चैत ४ : हँसपुरका मेयर रामज्ञान मण्डल बिन्दास लुकमा होली मनाएका छन् । तत्कालिन प्रदेश २ मा पहिलो पटक भएको स्थानिय तहको निर्वाचनमा प्रदेशमै सबै भन्दा पहिला मत परिणाम आएर जितेका मण्डल नगरपालिकामा सक्रियता पुर्वक काम गरिरहेका छन् ।

चुनाव नजिकिदै गर्दा मेयर मण्डल नगरपालिकामा यसपालि भब्य होली मिलन समारोह मनाएका छन् । अप्पन टेलिभिजनको चर्चित कार्यक्रम रोचक एण्ड घोचक समुहको आयोजना तथा नगरपालिकाको सहयोगमा भएको कार्यक्रम रोचक भएको छ ।

कार्यक्रम र होलीका दौरान मेयरको नयाँ पोजहरु देखिको छ । उनले युवालाई अवसर दिएकोमा नगरवासीलाई धन्यवाद दिदै गर्न नसकेका कामहरु अगामि दिनमा पुरा गर्ने बताए । कार्यक्रममा नगरका युवा सहित नगरवासीको बाक्लो उपस्थिती थियो ।
हेर्नोस कार्यक्रममा केहि झलकहरु

