एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३ : देशमा राजनितिक दलहरु र त्यसका भातृ संगठनहरुको बोलबाला चलिरहेको बेला मधेश प्रदेशमा भने दलिय तन्त्र कमजोर सावित हुदै गएको छ । जनकपुरधाम र बिरगंजमा भएको मधेश प्रदेश स्तरीय नेपाल ईन्जिनियर्स एशोसिएशनको निर्वाचनमा गैर दलिय समुहका गौरी पण्डित सभापतीमा निर्वाचित भएका छन् । उनले ४ सय २ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्याम यादव ३ सय ५१ मतमा सिमित भए ।
कांग्रेस, एमाले–लोसपा र माओवादी, नेकपा ए समाजवादी र जसपाको गठबन्धनका उम्मेदवारहरुलाई परास्त गर्दै ननपोलिटिकल समुह नेशनल ईन्जिनियर्स एशोसिएशनका उम्मेदवार पण्डित निर्वाचित भएका छन् । उनका साथै उनको समुहका कोषाध्यक्ष उम्मेदवार तेज नारायण यादव समेत निर्वाचित भएका हुन ।
समुह अध्यक्ष, कोषाध्यक्ष र पाँच सदस्य सहित १५ सदस्यीय कार्यसमितिमा ७ वटा सिट जितेको छ । पण्डित समुहबाट सदस्यहरुमा शितेष यादव, दिपक मण्डल, प्रविण कुमार यादव, अञ्जली ठाकुर र शुनिल मिश्रा जितेका छन् । वाँकी पदहरुमा कांग्रेस र तिन दलिय गठबन्धनका उम्मेदवारहरु जितेका छन् । पण्डित सुरु देखिनै अध्यक्ष पदमा अग्रता बनाउँदा पटक पटक मतगणना स्थगित गर्दै धाँधलीको प्रयास गरिएको थियो ।