एसपी रिपोर्टर
बारा, चैत ३ : बारा कांग्रेसको सचिवमा प्रखर युवा नेता राजेश रौनियार निर्वाचित भएका छन् । कांग्रेस महामन्त्री गगन थापा, र वरिष्ठ नेता अर्जुन नरसिंह केसीका प्रिय युवा समेत रहेका रौनियार नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री र मधेश प्रदेश संयोजक समेत रहिसकेका छन् । उनीह वर्तमान खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीको पनि प्रिय पात्र हुन । उनले ८ सय ७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र कुमार जयसवालले ७ सय ५० मत ल्याएका छन् ।
रौनियार कांग्रेस बारालाई एक गर्नुपर्ने अभियान चलाएका थिए । गुटउपगुट भन्दा विधान र नियम संगत क्रियाशिल सदस्यता हुनुपर्ने अभियान अन्तर्गत केन्द्रिय कार्यालयमा धर्ना हुँदा उनको सक्रिय सहभागिता रहेको थियो । जिल्ला सभापती केहि वडाका सभापतीहरु संग मिलेर गलत प्रक्रियाले क्रियाशिल सदस्यता केन्द्रमा पठाएपछि उनी सक्रिय रुपले त्यसको प्रतिवाद गरेका थिए ।
२०५४ साल देखिनै नेपाल विद्यार्थी संघमा सक्रिय रहेका उनले २०६७ सालमा क्रियाशिल सदस्यता प्राप्त गरे । १२ औं महाधिवेशनमा जिल्ला सदस्यमा जितेका उनले १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधी समेत भइसकेका छन् ।