एसपी रिपोर्टर
जनकपुरधाम, चैत २ : मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले व्यवसायीहरुले आचारसंहिता निर्माण गरि पालना गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघले होलीको अवसरमा जनकपुरधाममा आयोजना गरेको होली मिलन समारोह र व्यवसायीहरुले पालना गर्नुपर्ने आचार सहिंता सार्वजानिकिकरणलाई सम्बोधन गर्दै मन्त्री साहले कुनै पनि पेशा व्यवस्थित र फलिभुत बनाउन अनुशासन र आचारसंहिता आफनै लागि पनि आवश्यक रहेको बताएका छन् ।
मन्त्री साहले मधेशमा मात्र नभई देश र विश्वमै आर्थिक तरलता रहेकाले व्यवसायीहरुको समस्या समाधानका लागि प्रदेश सरकार तत्पर रहने बताएका छन् । कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मिथिलाको संस्कार, अनुशासन र शान्ती पुर्वक होली हुनुपर्ने बताएका छन् ।
उद्योगी व्यवसायीहरुले होलीको अवसरमा शुभकामना दिदै व्यापारीको समस्या र समाधानका लागि सबै क्षेत्रले पहल गरिदिए मात्र जनकपुरधामको बजार सन्तुलित र अपन्तव सहितको हुने बताएका थिए । कार्यक्रममा सांस्कृतीक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्भु प्रसाद साह, महासचिव मनोज कुमार साह सहितको सक्रिय सहभागिता थियो ।