एसपी रिपोर्टर
जनकपुरधाम, चैत २ : लोसपाका अध्यक्ष महन्थ ठाकुरले नागरिकताको विषय मधेशको मात्र नभई पहाडको समेत मुख्य विषय भएकाले समाधानका लागि राज्य तत्परता देखाउनु पर्ने बताएका छन् । लोसपा धनुषाले जनकपुरधाममा आयोजना गरेको होली मिलन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले नागरिकता अध्यादेश विरुद्वको रिट निवेदन खोरजी प्रति खुसी व्यक्त गरेका छन् ।

अध्यक्ष ठाकुरले नागरिकताको विषय र आफुहरु सहित मधेश अन्दोलनकारीहरु माथी चलिरहेको मुद्दा फिर्ताको विषयमा ओली सरकारले गरेको काम सुखद रहेपनि कैलालीको रेशम चौधरी र महोतरीको मुद्दा अझै किनारा नलागेकाले आफुहरु अझै पनि त्यसका लागि दबाब दिइरहेको बताएका छन् ।

कार्यक्रममा लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, प्रदेश सांसद तथा धनुषा अध्यक्ष परमेश्वर साह सहितका साथै उपस्थित नेता कार्यक्रताहरु नाचगानका साथ होली मनाएका छन् ।