एसपी रिपोर्टर
जनकपुरधाम, चैत २ : जनकपुरधाम सहित यस मिथिला क्षेत्रको स्थानिय उत्पादनको संरक्षण, प्रर्वद्वन, विकासको उद्देश्य सहित जनकपुरधाममा श्री मिथिला महोत्सव २०७८ को आयोजना हुने भएको छ । देश विदेश सहित मधेशमा समेत पटक पटक ईभेन्टहरुको आयोजना गरिसकेका आइडिया पिक्सलको आयोजनामा चैत २४ देखि ३० गते सम्म सात दिन महोत्सवको आयोजना हुन गइरहेको आयोजक पिक्सलका अध्यक्ष पवनराज जोशीले बताएका छन् ।
महोत्सवमा सातै दिन भारत सहित नेपाल तथा मधेश र मिथिला क्षेत्रका चर्चित कलाकार र गायकहरुको प्रस्तुतीका साथै पहलमानी, अन्य झुला तामासा सहित मनोरञ्जनाको कार्यक्रमहरु व्यवस्थापन गरिएको छ । नेपाली कलाकारहरुमा सन्दिप क्षेत्री, शिव परियार, सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, प्रमोद खरेल, शुनिल पण्डित सहित जनकपुरधामको मिनापका अनेकन कालाकारहरु र चर्चित उदघोषक विवेक खतिवडा समेतकबो उपस्थिती रहने बताइएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघको स्पोर्टमा हुन गइरहेको महोत्सवमा जनकपुरधामका ठुला, मझौला र साना उद्योग त्यसका उत्पादनहरुको सयौं स्टलहरु राखिने समेत संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । धार्मिक पर्यटनको केन्द्र जनकपुरधाममा उद्योगिक विकास, बजारको प्रवद्वर्नका लागि समेत यस्ता गतिविधीहरु आवयश्क रहेकाले आफुहरु सक्दो सहयोग गर्न लागेको महासेठले बताए ।
पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष अम्भु प्रसाद साह, महासचिव मनोज कुमार साह, पिक्सलका स्थानिय सहजकर्ता शंशाक सिंह, दिपेश यादव, शिव कुमार साह, राम सिंह, देव साह, प्रकाश कर्ण, अभिमन्यु यादव, रञ्जित यादव, सुरेन्द्र साह सहितको उपस्थिती थियो ।