एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २८ : मधेशी दलहरुबाट जनप्रतिनिधीमा निर्वाचितहरु धमाधम राष्ट्रिय दलहरुमा प्रवेश गर्न थालेका छन् । मधेश आन्दोलनको रापतापका बिच चुनाव जित्ने योजनाका साथ मधेशी दल रोजेका तत्कालिन कांग्रेस, एमाले सहितका दलका नेताहरु पुनः आफनै पुरानो पार्टीहरु सहित राष्ट्रिय दलमा फर्कि रहेका छन् ।
मधेश आन्दोलनका सक्रिय र अगुवा भएपनि पैसा अभावमा अवसरबाट बञ्चित युवाहरु मधेशी दलको विरोध गरिरहेको अवस्थामा पुजी र पैसाको बलमा टिकट लिएर मधेश आन्दोलनको रापतापका बिच जनप्रतिनिधीमा निर्वाचितहरु अहिले मधेशी दललाई छाडन थालेका छन् ।
मधेश प्रदेशको एकमात्र महानगरपालिका बिरगंजको मेयर विजय सरावगी शनिवार एमालेमा प्रवेश गर्दा एकातिर तामझाम र अर्को तिर आक्रोस देखियो । एउटा पार्टीबाट चुनाव जितेर भ्रष्टाचार गरि पैसा कमाएको र अव ति भ्रष्टाचार गरि कमाएको पैसा सुरक्षाका लागि ठुला दलहरुमा मधेशी नेताहरु प्रवेश गर्न थालेको विश्लेषण पनि भइरहेको छ ।
मेयर सरावगीको बर्हिगमनले बिरगंजमा मधेशी दल कमजोर भएको बुझिन्छ । मेयर सरावगी र उनका प्रतिस्पर्धी तथा तत्कालिन राजपाका प्रत्यासी तथा प्रतिस्पर्धामा तेस्रो भएका राजेश मान सिंह समेत एमालेमा जानुले बिरगंजमा कांग्रेस र एमालेको सिधा प्रतिस्पर्धा हुने देखिन्छ ।