एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ : नेपाल इन्जिनियर एशोसिएसनको मतदानमा जनकपुर स्थित बुथमा सम्पन्न मतदानमा मधेश प्रदेश समितिका लागि कुल २१ सय ९९ मतदाता मध्ये १ हजार ८ ले मतदान गरेका छन् भने बिरगंज स्थित बुथमा मधेश प्रदेश समिति तर्फ ३ सय २० जनाले मतदान गरेका छन् ।
बिरगंज च्याप्टरमा कुल ५ सय ७० जना मतदाता रहेका छन् । त्यसै गरि जनकपुरधाम स्थित बुथमा केन्द्रिय समिति तर्फ कुल मतदाता मध्ये ९ सय ९९ ले मात्र मतदान गरेका छन् । ९ जनाले केन्द्रिय समिति तर्फ मतदान नै गरेनन् ।
साथै एनईएको परिषदका लागि कुल मतदाता मध्ये ९ सय ८४ ले मात्र मतदान गरेका छन् । मतदान सम्पन्न भएपछि ननपोलिटिकल समुह नेशनल इन्जिनियरिङ्ग एशोसिएसनका उम्मेदवारहरु आफुहरुको जित सुनिश्चित रहेको दावी गरेका छन् । समुहका सभापती उम्मेदवार ई. गौरी पडित सहितका उम्मेदवारहरु दलिय भन्दा गैरराजनितिक समुह छान्न उत्साह देखिएको बताए ।
देश भरिमा कुल २२ ह्जार मतदाता रहेको एनईएको निर्वाचन शुक्रवार देशभरिमै सम्पन्न भएको छ । चुनावमा कांग्रेसको एक्लै, माओवादी, जसपा र एसमाजवादीको पनि बेग्ला बेग्लै प्यानल बनाइएको छ । त्यसै गरि ननपोलिटिकल प्यानल गरि कुल पाँच समुह चुनावी मैदानमा छन् ।