चाँदनी झा
जनकपुरधाम, फागुन २६ : १५ दिवसीय मिथिला मध्यमा परिक्रमा महोतरीको एतिहाँसिक तथा प्राचिन महोतरीको कञ्चनवन पुगे संगै मिथिलाञ्चलमा होली खेल्न शुरु भएको छ । कञ्चनवनमा भगवान रामजानकीले होली खेलेको मान्यता अनुसार मिथिलामा कञ्चलवनबाटै होलीको सुरुवात हुन्छ ।
हेर्नोस स्थलगत भिडियो रिपोर्ट
१५ दिवसीय मिथिला मध्यमा परिक्रमाको १५ विभिन्न पराव(विश्रामस्थल)हरु मध्येको एक महत्वपुर्ण र पवित्र स्थल हो महोतरीको एतिहाँसिक तथा प्राचिन कञ्चनवन । विहिवार परिक्रमामा सहभागि विभिन्न मन्दिरका भगवान रामराजनकीको डोला सहितका तिर्थालुहरु कञ्चवनमा पुगेर होली खेले संगै मिथिलाञ्चलमा रंगअविरको पर्व होली विधिवत शुरु भएको मानिन्छ ।
त्रेता युगमा भगवान राम र सिता कञ्चनवनमै होली खेलेको जनविश्वास अनुसार यहाँ भब्य रुपमा गितगान र रंग अविर सहित होली खेलिन्छ । परिक्रमाका तिर्थालु मात्र होइन धनुषा, महोतरी सहित भारतका स्थानियवासीहरु समेत महोतरीको भंगहा नगरपालिकाकामा पर्ने कञ्चनवन पुगेर रंगअविर भगवान रामजानकीलाई चढाएर सवै मिलेर तिर्थयात्रुहरुसंग होलीमा रंग अविर खेलेका छन् ।

साधुसन्तहरु संगसंगै तिर्थालु, दर्शनालुहरु समेत यहाँ विभिन्न होलीको गितागानमा रमाउदै रंग अविर खेल्छन् । भगवान रामसीताले होली खेलेको पवित्र भुमि कञ्चनवनमा आएर आफुहरु पनि होली खेल्न पाउँदा भाग्यमानी महशुस गर्नुका साथै शौभाग्य पाएको भन्दै तिर्थालुहरु खुसी व्यतm गरेका छन् ।
प्रत्येक वर्ष कञ्चनवनमा मात्र करिव ५ लाख पर्यटन आउने गरेको भएपनि प्रदेशका यस्ता धार्मिक स्थलवाट राज्य बेखवर हुनु दुःखद रहेको गुनासो स्थानिय र तिर्थालुहरुको छ । सहित साधुसन्तहरुले लाखौं पर्यटक र तिर्थयात्री आउने यस्ता धार्मिक एतिहाँसिक धरोहरहरु अहिले सम्मका सरकारको प्राथमिकतामा पर्न नसक्नु दुःखद रहेको बताए ।

कञ्चनवनमा आजै नगरपालिकाका मेयर सञ्जिव साह, लोसपा नेता सरतसिंह भण्डारी सहितको सहभागितामा होली विशेष समारोहको आयोजना गरिदैछ । मिथिला विहारी र किशोरी जीको डोलाको अगुवाईमा कञ्चनवन पुगेको परिक्रमा अव शुक्रवार धनुषाको पर्वता त्यसपछि धनुषाधाम, सतोषरधाम, औरही र पुनः भारतको विसौल तथा कलानेश्वर हुँदै जनकपुरधाम आएर जनकपुरधाम नगरको अन्तरगृह परिक्रमा गर्दै समापन हुने छ ।