एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २५ : अन्ततः धनुषा नेपाली कांग्रेसको सभापतीमा योगेन्द्र पजियार निर्वाचित हुने निश्चित जस्तै भएको छ । दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला समुहले निधि समुहका उम्मेदवार पजियारलाई समर्थन गर्ने भएपछि पजियारको जित सुनिश्च जस्तै भएको छ ।
बुधवार ८ बजेर ३० मिनेटमा जनकपुरधामको मिल्स एरिया स्थित निधी निवासमा पत्रकार सम्मेलनको आयोजना गरि कोइराला समुहले पजियारलाई समर्थन गर्न लागेको जानकारी गराएका हुन ।
निधी निवासमा नेता विमलेन्द्र निधी सहित सभापतीमा तेस्रो स्थानमा आएका स्वयम दिनेश यादव प्रसैला कोइराला समुहका नेताहरु रामकृष्ण यादव, डा.चन्द्र मोहन यादव र प्रथम स्थानको मत पाएका पजियारको समेत उपस्थिती छ ।
हेर्नोस के भने नेताहरुले
मंगलवार अवेर राती सम्म सम्पन्न पहिलो चरणको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्दी संतोष यादवले ८८२ मत ल्याएका छन् । त्यस्तै, अर्का उम्मेदवार दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका छन् । १५८ वटा मत भने बदर भएको छ । अव दोस्रो चरणको लागि मतदान हुने निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।