एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २५ : नेपाली कांग्रेस धनुषाको सभापती छान्न पुनः दोस्रो चरणमा मतदान हुने भएको छ । सोमवार सम्पन्न मतदानको सर्वप्रथम सभापती तर्फको मतगणना गर्दा कांग्रेसको विधान अनुसार तिनजना उम्मेदवार मध्ये कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि सभापतीमा सर्वाधिक मत ल्याउने दुईजना उम्मेदवारहरु बिच पुनः प्रतिस्पर्धा हुने भएको छ ।
मंगलवार अवेर राती सम्म सम्पन्न पहिलो चरणको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्दी संतोष यादवले ८८२ मत ल्याएका छन् । त्यस्तै, अर्का उम्मेदवार दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका छन् । १५८ वटा मत भने बदर भएको छ । अव दोस्रो चरणको लागि मतदान हुने निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१८ जनाले मत खसालेका थिए । उक्त मत मध्ये योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याएका छन । धनुषाको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा गएको हो । निर्वाचन अधिकृत ज्ञवालीले चुनाव दोस्रो चरणमा गएको जानकारी दिएका छन् ।
चुनावी प्रतिस्पर्धामा तेस्रो स्थानमा आएका दिनेश प्रसैला बाहिरिए संगै अब योगेन्द्र पजियार र संतोष यादव बीच प्रतिस्पर्धा हुनेछ । प्रसैलाले रोज्ने पजियार र यादव मध्ये एकले बाजी मार्ने छ । धनुषा जिल्ला कांग्रेसका नेता विमलेन्द्र निधीको उम्मेदवारका रुपमा चर्चा भएपनि पजियार नेतृत्व लायक उम्मेदवार रहेको चर्चा छ ।
क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुखमा निर्वाचित भएर समेत काम गरिरहेका उनले असफलताहरुका बिच निधी समुह रोजेका हुन । योगेन्द्र पजियारलाई समर्थन गर्ने कि पुनः चुनाव लडने भन्ने तर्फ देउवा समुहमा समेत छलफल चलिरहेको बताइन्छ । पजियारलाई पहिला समर्थन् गर्ने समुह जिल्लामा निधी समुहको सहयात्री हुने छ ।