एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ : धनुषाको कांग्रेसको सभापती तर्फ २०१ मतपत्र सम्मको गणना गर्दा देउवा समुहका संतोष यादवले अग्रता बनाइरहेको छ । ताजा मतपरिणाम अनुसार सभापतीका उम्मेदवारहरु योगेन्द्र पजियार ७१, संतोष यादव ९२ र दिनेश प्रशौला २१ मत ल्याएका छन् । १९ मत बदर भएको छ ।
नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि सोमबार भएको मतदानको मतगणना सावा दुई बजे शुरु भएको छ । धनुषाको निर्वाचन क्षेत्र नं. ४ बाट मतगणना शुरु भएको हो । धनुषा कांग्रेसको जिल्ला अधिवेशनमा तिन हजार एक सय ७३ कुल मतदाता रहेकामा सोमवार दुई हजार ९ सय १२ जनाले मतदान गरेका थिए । मतदानमा २ सय ६१ जना अनुपस्थित रहे । धनुषाको सभापती देखि विभिन्न ९१ सिटका लागि कुल २ सय ४० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।