एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ : नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि सोमबार भएको मतदानको मतगणना शुरु भएको छ । सोमवार नेतृत्व चयनका लागि अवेर राती सम्म भएको मतदानको मतगणना शुरु भएको मतगणना स्थलबाट एसपी रिपोर्टर संजय साहले दिएको जानकारी अनुसार सभापती तर्फको मतगणना शुरु भएको छ । धनुषाको निर्वाचन क्षेत्र नं. ४ बाट मतगणना शुरु भएको हो ।
धनुषा कांग्रेसको जिल्ला अधिवेशनमा तिन हजार एक सय ७३ कुल मतदाता रहेकामा सोमवार दुई हजार ९ सय १२ जनाले मतदान गरेका थिए । मतदानमा २ सय ६१ जना अनुपस्थित रहे । धनुषाको सभापती देखि विभिन्न ९१ सिटका लागि कुल २ सय ४० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।