एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २३ : भारतको दरभंगा, पटना र दिल्ली सम्म पुगेर डायविटिज, ब्लडप्रेसर सहितका दिर्घकालिन रोगहरुको उपचार गराइरहेका विरामीहरुको नियमित ल्याब परिक्षण गरिरहेको जनकपुरधामको हाइटेक डायग्नोष्टिक प्याथोलोजि ल्याबले स्वास्थ्य प्रति संवेदनशिल हुन सवैमा आग्रह गरेको छ ।
जनकपुरधाममा बिना दर्ता गुणस्तरहिन प्याथोलोजी ल्यावहरुको बिगबिगी रहेको अवस्थामा हुने लापरवाहीले दिर्घकालिन रोगहरु समयमै पत्ता नलाग्दा जनकपुरधाम र यस क्षेत्रका विरामी समस्या पर्ने गरेको ल्यावका सञ्चालक तथा ल्याव टेक्नोलोजिष्ट सन्तोष निर्मल बताउछन् ।

उनले भने, ‘दशकौंको यसक्षेत्रको अनुभव अनुसार ३५ वा ४० वर्ष उमेर कटिसकेपछि राम्रो ल्यावहरुमा नियमित ब्लड र युरिनका केहि जाँचहरु जस्तै डायविटिज, ब्लडप्रेसर, कोलस्ट्रोल सहितको जाँच आवयश्क हुन्छ ।’ जनकपुरधाममा केहि प्रतिशत वाहेक अधिकांश ल्यावहरु बिना दर्ता चिकित्सक र दलालकै लाभका लागि सञ्चालनमा रहेको बताउदै निर्मलले जनकपुरधाममा पनि राम्रा ल्यावहरु रहेकाले कुनै पनि राम्रा ल्यावहरुमा जाँच गराउन आग्रह गर्छन ।
जनकपुरधाममा अहिलेको अवस्थामा ब्लड परिक्षण गरे अव ढुक्क भए भन्ने अवस्था नरहेको बताउदै उनले तपाईले कहाँ ब्लड कसरी जाँच गराउनु भयो त्यसपछि मात्र ढुक्क हुनुपर्ने बताए । सानो लापरवाहीका कारण अनेकन ठगिएका घटनाहरु प्रशस्त आउने गरेको बताउदै उनले सहि र लगत छुटयाउन नसक्दा धेरैले दुःख पाउने गरेको उनको तर्क छ ।