कल्पना यादव
जनकपुरधाम, फागुन २१ : मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारी जनकपुर साहित्य महोत्सव २०७८ मा पनि राजनितिले छोडेन । देशमा हुने कुनैपनि विषयका कार्यक्रममा राजनिति विषय आकर्षणको केन्द्र र चर्चाको मुख्य विषय बनिरहेको छ । यस्तै भयो जनकपुर साहित्य महोत्सवमा पनि ।
जनकपुर साहित्य महोत्सव २०७८ को शनिवारको एक सत्र थियो राजनिति संस्कार । राजनिति गर्ने मुख्य राजनितिक दलका नेताहरु र राजनितिक दल तथा त्यसका नेताहरुको बोली, बचन र राजनितिक चरित्र मापन गर्ने पत्रकारहरु सहितको सहभागितामा भएको सो सत्रमा नेताहरुले नै पनि वर्तमान राजनिति इमान्दार नभएको स्वीकार गरेका छन् ।
जसपाका नेता तथा प्रदेश सांसद मनिष सुमनले एक जवानामा इन्धनको मुख्य पचास पैसाले वृद्वि हुँदा विद्यार्थी नेताहरुको सहादत भएको स्मरण गराउदै अहिले आन्दोलन नै नहुने र भएपनि दुई दिनै शान्त हुने कारण सबैलाई थाहा भएको बताए । उनले विद्यार्थी पत्रकार देखि देशका विभिन्न अंग नै बइमान भएकाले पनि राजनिति र नेताले फाइदा उठाउदै गएको बताए ।
पत्रकार हुदै नेता र प्रदेश सांसद बनेका जसपा सांसद रामअशिष यादवले मतदाता अवोध भएकाले दोषि नभएको भन्दै मतदाताको ज्ञान र सचेतनाको स्तर उकास्ने वर्गहरुनै गलत बाटो हिडन थालेकाले पनि राजनिति दुषित हुदै गएको बताए । एमालेकी प्रदेश सांसद शारदा देवी थापाले जनप्रतिनिधीहरुको बाध्यता सुनाईन । नेता कार्यक्रताले जनप्रतिनिधीसंग विहान देखि वेलुकी सम्मको खाना नास्ता, गाडी देखि रिचार्ज कार्ड सम्मको मांग र सुविधा चाहेकाले कार्यक्रता पाल्नलाई पनि भ्रष्टचार गर्नुपर्ने अवस्था रहेकाले मतदाताले सहि जनप्रतिनिधी रोज्न सक्नुपर्ने बताइन ।
सत्रमा सहभागि हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बाणियाँले देशको दिशा र जनताले चाहको अवस्था परिवर्तणहरुमा दल र नेताहरुको भुमिका रहेपनि परिवर्तण पछिको उपलब्धी जनताका लागि कतिको फाइदाकारी भयो भन्ने विषय अहम रहेको बताए ।
उनले राजनिति पैसा भएका धनीका लागि मात्र सम्भव भए सम्म अवस्था परितर्वण भएपनि कुनै फाइदा नहुने जिकिर गरेका छन् । सत्रको सञ्चालन वरिष्ठ युवा पत्रकार अजित तिवारीले गरेका थिए । तिन दिवसीय महोत्सवमा आज मात्रै समाज, साहित्य, राजनिति र नेतृत्व सहितका विविध विषयगत सत्रहरु सहित महोत्सवको समापन भएको छ ।