एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २० : मधेश प्रदेका मुख्यमन्त्री लालबाबु राउतले पुरुषहरु समेत हिंसामा परिरहेको भन्दै पुरुष हिंसा प्रति पनि गम्भिर हुन आवयश्क रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार जनकपुरधाममा गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले बैदेशिक रोजगारीका कारण मधेश प्रदेशमा महिला हिसा जस्तै पुरुण हिंसा समेत दिनानुदिन बढदै गएकाले त्यस तर्फ पनि ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशील रहेको उनले बताएका छन् । प्रदेश सरकार मानव अधिकारको रक्षाको सवालमा स्थापना कालदेखि नै संवेदनशील भएर अघि बढेको मुख्यमन्त्रीको तर्क छ । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति ख्याल मात्रै गरी दिए पनि मानव अधिकार रक्षाको सवालमा हाम्रो समाज ठूलो फड्को मार्ने उनको विश्वास छ ।
मुख्यमन्त्री राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार प्रतिबद्ध रहे पनि प्रहरी प्रशासनको आभावमा अपेक्षित कार्य गर्न नसकेको स्वीकार गरे । कार्यक्रममा उच्च अदालतका मुख्यन्यायाधीश विनोद शर्मा, प्रदेश सांसद परमेश्वर साह, नेपाल बार एशोसिएशनका राष्ट्रिय उपाध्यक्ष रामचन्द्र सिंह, मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष श्यामा साह, मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर, गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष धिरेन्द्रबहादुर सिंहसहितको सहभागिता थियो ।
जनकपुरधाममा मानव अधिकार रक्षकको सम्मेलन
मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको छ । देशको सातवटै प्रदेशहरुमा भइरहेको कार्यक्रम बमोजिम मधेशको आठवटै जिल्लाबाट सात÷सातजना विभिन्न क्षेत्रमा रहि मानव अधिकार रक्षकको रुपमा क्रियाशिल मानव अधिकार रक्षकहरुको जनकपुरधाममा भेला गरि मानवअधिकारको क्षेत्रमा कामगर्दा हुने चुनौती र सवालहरुको विषयमा विर्मश भइरहेको छ ।
आयोगका सदस्य मिहिर ठाकुरले मानव अधिकार क्षेत्रमा तिनै तह संघ प्रद्येश र स्थानिय सरकारहरुले गर्ने गरेको काम, मानव अधिकार रक्षकसंगको व्यवहार, सहजीकरण, समन्वय सहितका विषयहरुमा बुझन सातवटै प्रदेशहरुको राजधानीमा २१ र २१ गरि दुई दिवसीय कार्यक्रम गरिएको बताए । उनले सम्मेलनबाट आएका तर्क र निश्कर्ष समेटेर सरकारलाई प्रतिवेदन बुझाउने समेत बताए ।