एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १८ : व्यापारीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघले परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि व्यापार जगत र उद्योगी व्यापारीहरुको समस्या र समाधानको विषयमा चर्चा गरेको छ ।
संघका अध्यक्ष जितेन्द्र महासेठले जिल्लाको जिल्ला प्रशासन कार्यालय, तिनवटै सुरक्षा निकायकाका प्रमुखहरु, आन्तिरक राजश्व कार्यालय, घरेलु तथ साना उद्योग कार्यालय सहित खाद्य प्रविधी, जलेश्वर भन्सार, नाप तौल तथा गुण नियन्त्रण र खाद्य संस्थान सहितका व्यापार र उद्योग संग सम्बन्धित कार्यालयका प्रमुखहरुलाई एकै मञ्चमा राखेर समस्या र समाधानका उपाय खोज्ने प्रयास गरेका छन् ।
सो कार्यक्रममा व्यापारीहरुले आफनो व्यवसायको क्रममा सामना गर्ने समस्या र चुनौतीहरु सुनाएका थिए भने सम्बन्धित निकायले त्यसका बाध्यता, जटिलता र समाधानका उपाय प्रस्तुत गरेका थिए । कार्यक्रमको उदघोषण वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले गरेका थिए ।