एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : जनकपुरधामकी एक महिलाले आफनो एकमात्र साहारा पतिलाई षडयन्त्र पुर्वक फँसाइएको भन्दै न्यायका लागि हारगुहार गरेकी छन् । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि जनकपुरधाम वडा नं. ४ बस्ने रुबीदेवी भगतले आफनो श्रीमान २९ वर्षिय सोनुकुमार भगतलाई नियोजित रुपमा बलात्कारको आरोप लगाएर फँसाउने काम भइरहेको दावी गरेकी छन् ।
आफुहरु दुवैजना जातीमै तर प्रेम विवाह गरेको र एक देवरको बैदेशिक रोजगारको शिलशिलामा विदेशमै मृत्यु भएपछि सासुको नाममा रहेको सम्पती हड्प्न केहि साम्प्रदायिक व्यक्तिहरु एक २२ वर्षकी युवतीलाई नावालिक देखाएर बलात्कारको आरोपमा आफनो श्रीमानलाई फसाउन थालेको उनको दावी छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का अमिन खाँले आफनी छोरीको बलात्कार गरेको आरोपमा गत फागुन ११ गते श्रीमानलाई बोलाएर प्रहरीलाई समात्न लगाएको उनको तर्क छ ।
बलात्कार गरिएको भनिएको दिन आफनो श्रीमान बिरगंजमा रहेको समेत उनको तर्क छ । ससुराको निधन भइसकेको र सासुको नाममा रहेको सम्पतीको हकदार मेरो श्रीमान रहेकाले उनलाई फँसाएर जग्गा र सम्पती हडप्न केहि समुह लागि परेको उनले बताए । १० लाख रुपैया दिए समाजिक स्तरमै घटना मिलाउने प्रलोभन समेत आएको उनको तर्क छ । उनले श्रीमान हाल प्रहरी हिरासतमा रहेको बताइन । पसल खोल्न जाँदा समेत ति समुहले आफुहरुलाई अवरोध गर्ने गरेको उनको तर्क छ ।