एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १४ : नेकपा एमालेका सचिव रघुविर महासेठले एमाले अध्यक्ष केपि शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रचण्डको प्रस्तावलाई एमालेले हावाको कुराको रुपमा लिएको बताएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आयोजित दोस्रो नगरअधिवेशनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महासेठले विहान, बेलुका र साँझ फरक फरक कुरा बोलेर प्रचण्डले जनतालाई भ्रममा पार्ने काम गरेको बताएका छन् ।
गठबन्धनको बारेमा एमाले गम्भिर नरहेको बताउदै महासेठले प्रचण्डका लागि एमसीसी भन्दा पनि गठबन्धन बाँच्नु पर्ने नभए अगामि चुनावमा पत्ता साफ हुने डर मुख्य रहेको बताएका छन् । महासेठले पाँच पार्टी त के दश पार्टी पनि मिलेर आएपनि एमालेलाई हराउन नसक्ने बताएका छन् ।
कार्यक्रममा सहभागी एमाले नेतृ तथा संघिय सांसद जुली कुमारी महतोले एमाले र अध्यक्ष केपि शर्मा ओलीलाई भारत र मधेश विरोधी भनेर प्रचार गरिनु विपक्षीको राजनितिक दाउ मात्र रहेको बताउदै यदि एमाले भारत र मधेश विरोधी हुदो हो त शेर बहादुर र प्रचण्डलाई आज ओली र एमालेको आवयश्कता किन परयो भनेर प्रश्न गरेका छन् । नगरअधिवेशनले नगर कमिटिको नयाँ नेतृत्व चयन गर्ने छ ।