एसपी रिपोर्टर
काठमाण्डौं, फागुन १३ : जनता समाजवादी पार्टीको १९ सांसदमध्ये ९ जना सांसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा मतदान गर्ने पक्का भएको छ । छ जना विपक्षमा उभिएका छन भने ४ जना अन्यौलमा रहेकाले अन्ततः पक्षमै आउने विश्वास गरिएको छ ।
जसपाका संघीय परिषदका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईलाई ९ जना सांसदहरूले हस्ताक्षर गरेर बुझाइसकेका छन् । बाबुराम भट्टराई, महिन्द्र प्रसाद राय, इस्तियाक राई, डा. सुरेन्द्र यादव, प्रदिप यादव, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाजले एमसीसीको पक्षमा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी ४ जना सांसदहरू राजकिशोर यादव, रेणु यादव, डा. सूर्यनारायण यादव र रेणुका गुरुङले भने पक्षमा मतदान गर्ने आश्वासन दिएको भए पनि हस्ताक्षर नै भने नगरेको जसपा स्रोतले जनाएको छ । अन्य छ जना सांसदहरु अध्यक्ष उपेन्द्र यादव, रामसहाय यादव, राजेन्द्र श्रेष्ठ, प्रमोद साह, रामबाबु यादव, र लीला सिटौला मात्र एमसीसीको विपक्षमा छन् ।