एसपी रिपोर्टर
कपिलबस्तु, फागुन १३ : लुम्बिनी प्रदेशमा आयोजत महाधिवेशनबाट बहुजन शक्ति पार्टीको अध्यक्षमा पुनः निर्वाचित नेता विश्वेन्द्र पासवानले दलितलाई किन बेच गर्ने काम यसपालि नहुने बताएका छन् । कपिलवस्तुको बहादुर गन्जमा आयोजित बहुजन शक्ति पार्टी नेपालको छैठौं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा पासवान निर्विरोध पुनः छानिए संगै यस्तो बताएका हुन ।
उनले भने, ‘दलित अव सचेत हुदैछ कसैले किन्दैमा आफनो बहुमुल्य मत बर्बाद गर्दैनन ।’ तीन दिन सम्म नेतृत्वका लागी चलेको लामो बहस पछी अधिवेशनले २५१ सदस्य केन्द्र समिती घोषणा गर्दै राष्ट्रिय अध्यक्षमा पासवानका साथै उपाध्यक्षमा राम सुभग हरिजन र संजय कुशवाहा महासचिवमा नवल बहादुर भुल र कोषाध्यक्षमा टुक लाल नेपालीलाई चयन गरेको हो ।