एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १२ : श्री जानकी आँखा अस्पतालमा विरामीहरुको संख्यामा वृद्धि हुन थालिएको भन्दै सेवा सुधार आवश्यक रहेको वक्ताहरुले बताएका छन् । विहिवार नेकपा एमालेकी नेतृ तथा प्रतिनिधीसभा सांसद जुली महतोेले अस्पतालको निरिक्षण अवलोकन गर्ने क्रममा वक्ताहरुले केहि दिन अगाडी सेवाग्राहीको प्रतिक्षामा रहने गरेको अस्पतालमा अहिले पुनः विरामीहरुको भिडभाड लाग्न थालेको भन्दै सेवाको स्तर सुधार र आधुनिक गर्नुपर्ने बताएका छन् ।
अस्पतालका कर्मचारीहरुले अस्पतालमा हुनु पर्ने नयाँ आधुनिक प्रविधिहरुको अभाव रहेको भन्दै प्रविधी र उपकरण अति आवश्यक रहेको बताएका थिए । उनीहरुले अवस्था विग्रेको बेला वार्षिक ३० लाख आम्दानी नरहेको बताउदै अध्यक्षमा समाजसेवी गंगाराम यादवको आगमण पछि गत आर्थिक वर्षको आम्दानी १ करोड ३३ लाख रहेको बताए ।

उनीह्रुले चालु आर्थिक वर्षमा ३ करोड भन्दा बढी आम्दानी हुने समेत बताए । कार्यक्रममा बोल्दै एमाले नेतृ महतोले श्री जानकी आँखा अस्पताल मानवलाई ज्योती र दृष्टि दिने सेवा प्रदायक मन्दिर जस्तै भएकाले यस्को सुधारमा आफु प्रतिवद्व रहने बताइन् । कार्यक्रममा एमाले नेता शिवशंकर साह हिरा, नेतृ भारती सिंह, चिकित्सक, कर्मचारी, नर्स सहितको उपस्थिती थियो ।