एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० : पार्टी अध्यक्षले भनेको अनुसार नगरेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवम् राष्ट्रियसभाका पूर्वसदस्य वृषेशचन्द्र लालसहितले पार्टी परित्याग गरेको बताइएको छ । । उनीहरु तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपा ब्युताउने भएका छन् । मंगलबार जनकपुरधाम पत्रकार सम्मेलन गरेका उनीहरूले तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।
नेता लालका साथै संधिवानसभाका पूर्वसदस्य डा. विजयकुमार सिंह पनि लोसपा परित्याग गरि सिंहसगै तमलोपा तिर लागेका छन् । पत्रकार सम्मेलनमा नेता लालले वर्तमान स्थितिमा मधेसको जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन एवं संघीयताको अभ्यासलाई अगाडि बढाउन तमलोपा चलाउन लागेको बताए ।
मधेशका नेताहरू सत्ताका व्यस्त रहेकाले आफूहरूले लोसपा परित्याग गरेको उनले बताए । त्यस्तै, नेत सिंहले नेतृत्व–पंक्ति मधेश केन्द्रित नामबाटै डराउन लागेको आरोप लगाए । लोकतन्त्रवादी मधेशी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको पनि उनको आरोप छ ।
पार्टीबाट लाल र सिंह सहितका उनको समुहका नेता तथा कार्यकर्ता पनि तमलोपामा प्रवेश गरेका छन् । रविशंकरकुमार कर्णले केही दिन अघि मात्र तमलोपा नामक पार्टी स्थापना गरेका थिए । कर्ण लालका आफन्त हुन ।
यस्तो छ लोसपा धनुषाको प्रतिक्रिया
एता लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले कार्यकारिणी सदस्य लाल बाहेक कोहि पनि पदिय दायित्व र जिम्मेवारीमा नरहेकाले एकजनाले पार्टी छाडदैमा केहि पनि नबिर्गने बताएका छन् । साहले भने, ‘पार्टी कुनै विधान अनुसार चल्छ, मैले भनेको नमानेपछि म बस्दिन भन्नेहरु मात्र वाहिरएका छन् ।’
लोकतन्त्रमा कुनै पार्टीले कसैलाई पनि बाँधेर राख्न नमिल्ने भन्दै उनले लोसपा कुनै व्यक्तिको चाहना अनुसार नभई विधान र पद्वती अनुसार अगाडि बढने बताए । चुनाव नजिक रहेकाले पार्टीबाट जाने र पार्टीमा आउने प्रक्रिया स्वभाविक रहेको उनको तर्क छ ।