एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ : नेपाली कांग्रेस धनुषाको सभापतीमा थप एकजनाको उम्मेदवारी परेको छ । जनकपुरधाममा पत्रकार सम्मेलन गरि संविधानसभा सदस्य दिनेश पर्सैला यादवले धनुषाको सभापतीमा उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीको शेखर कोइराला समुहबाट उनले उम्मेदवारी घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रसैलाले आफु धनुषाको चारवटै निर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताउन र जिताउन नसके तत्कालै पदवाट राजिनामा दिने समेत घोषणा गरेका छन् ।

पार्टीका नेताहरु रामकृष्ण यादव, चन्द्रमोहन यादव, मुक्ता यादव सहितका कोइराला समुहलाई संगै राखेर पत्रकार सम्मेलन गरेका उनले पार्टीलाई बचाउन पनि गुट अन्त्य गर्नुपर्ने बताए । सो समुहका नेताहरु आफुहरुलाई कमजोर आंकलन नगर्न आग्रह गर्दै आवयश्क परे शक्ति प्रदर्शन गर्न समेत तयार रहेको बताए ।
यस अघि देउवा अर्थात संस्थापन पक्षको उम्मेदवार भन्दै वर्तमान उपसभापती संतोष कुमार यादव र निधी समुहको उम्मेदवार भन्दै क्षिरेश्वर नगरपालिकाका मेयर योगेन्द्र पजियारले सभापतीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।