एसपी रिपोर्टर
काठमाण्डौं, फागुन ८ : माओवादीका देव गुरुङ्ग, एमालेका भिम प्रसाद रावल, नेमकिपाका प्रेम सुवाल, नेकपा एसका झलनाथ खनाल सहित संसदमा उभिएर विरोध गरिरहेको थियो । माओवादी अध्यक्ष प्रचण्डको छेउमै बसेका कृष्ण बहादुर महरा समेत एमसीसी टेबुल भइरहँदा उभिएर विरोध जनाए ।
सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की एमसीसी टेबुल गर्न रोष्टममा पुग्ने वितिकै माओवादीका अधिकांश सांसद समेत उभिएर विरोध जनाउन थाले । एमालेका रावलको आक्रोस देखिन लायक थियो । उनी एकदमै आक्रोसित देखिए । प्रचण्ड शान्तिपुर्वक बसिरहेको भएपनि उनका सबै सांसद विरोधमा देखिएका छन् । संसदको अर्को बैठक फागुन १२ गते १ बजे बोलाइएको छ ।
एमालेका रावल कडा विरोध जनाइरहेको देखिएपनि एमालेका सांसदहरु भने पुरानै मुद्दा माधव नेपाल सहितका १४ सांसदलाई बर्खास्त गर्न भन्दै गरिदै आएको विरोधमा सिमिति देखिएका छन् ।