एसपी रिपोर्टर
महोतरी, फागुन ७ : नेकपा एमाले नेतृ जुली कुमारी महतोले प्रधानमन्त्री निवास बालुवाटार भन्दा विपक्षकी नेता केपि शर्मा ओली बलियो रहेको प्रमाण प्रधानमन्त्रीको गतिविधीले नै स्पष्ट भएको बताएकी छन् ।
महोतरीको पिपरामा गाँउपालिक अलिख नेपाल महिला संघ महोतरीको आयोजनामा भएको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दैै पार्टीकी पोलिटब्युरो सदस्य समेत रहेकी नेतृ महतोले श्रीमती सहित प्रधानमन्त्री देउवा बालकोट बिना काम नगएको भन्दै एमाले अध्यक्ष ओली बिनाको देश र राजनिति असम्भव रहेको बताइन ।
वर्तमान गठबन्धनको सरकारले देशलाई दलदलमा फँसाएको भन्दै उनले वर्तमान सरकार आफनो भुमि सहितको चुच्चे नक्सा फेरी हटाएर देशसंग घात गरेको उनको आरोप छ । प्रदेश सांसद शारदा देवी थापाले एमाले बिना बिकास सम्भव नरहेको भन्दै सवैको कुरा सुनेर एमालेलाई मतदान गर्न आग्रह गेरकी छन् ।
सम्मेलनबाट गाँउपालिका उपप्रमुख नन्नु कुमारी दासको अध्यक्षतामा अलिख नेपाल महिला संघ पिपरा कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा सिमा महरा, सचिव सुवती दास, सहसचिव रञ्जिता दास र कोषाध्यक्ष अम्बिका देवी झा चयन भएका छन् ।