एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले दल र नेताहरु मिलेर मात्र देश विकास हुन सक्ने कुरा बिर्सन नहुने बताएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आन्तिरक मामिला तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को अवसरमा आयोजना गरेको झन्डोतोलन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मिश्रले २००७ सालमा आजकै दिन १ सय ४ वर्षको निरंकुश जहानिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको भन्दै प्रजातन्त्रको स्थापनाको ७१ साल भएपनि जनता खुसी नहुनु दलहरुको कमजोरी रहेको बताएका छन् ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले जनताले अनुभुति हुने गरि प्रजातन्त्र नआएको बताएका छन् ।
उनले जनताको अधिकार प्राप्ती, उनीहरुको स्वतन्त्रता, स्वाभिमान स्वशासन प्राप्तीको दिनलाई प्रजातन्त्र दिवसले झल्काउन नसकेको बताएका छन् । मुख्यमन्त्री राउतले जनताको उपलब्धीमा पात्र परिवर्तन भएको देखिएपनि प्रवृती पुरानै रहेकाले समस्या यथावत रहेको बताए । उनले चार दलको गठबन्धनको सरकार हुँदा पनि आफुले काम गर्न नसकिरहेको स्वीकार गर्दै मिलेर मात्र देश र मधेश बन्ने बताए ।

कार्यक्रमको आयोजक आन्तिर मामिला मन्त्री भरत साहले नेपाली जनता र लक्षित समुदाय र वर्गले आशा गरको प्रजातन्त्रको स्थापना भएको नभएको समिक्षा गर्न आवयश्क रहेको बताए । कार्यक्रमका बिच अहिलेको मधेश भवन भनिएका जचुकालीको प्राङ्गणमा स्थापित प्रजातन्त्रवादी नेता तथा जचुकालीका संस्थापक स्व. रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा विभिन्न दलका सांसद सहितको सहभागिता रहेको थियो ।