एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : संगठन, नाम, इतिहाँस र सक्रियता सबै हिसावले धनुषाको निर्वाचन क्षेत्र नं. ३ नेपाली कांग्रेसको गढ मानिन्छ छ तर २०७४ सालको निर्वाचनमा देखिएको मत परिणामले कांग्रेस भन्दा मधेशवादी हावी भएको हो । कांग्रेसको सवै थोक भएपनि उपयुक्त काम गर्न नसकेको सहितका अनेकन गुनासो, मधेश आन्दोलनको रापताप र कांग्रेस हराउने कम्युनिष्टको चालले सर्लाहीबाट आएर मधेशी दलका नेता राजेन्द्र महतो यस क्षेत्रका मसिहा विमलेन्द्र निधीलाई पराजित गरे ।
सो क्षेत्रबाट राजनिति गर्न चाहने र आफनो भविष्य हेर्नेहरु महतोलाई कुनैपनि हालतमा रोकेर निधी जिताउन चाहेका थिए तर सम्भव भएन र महतोले बाजी मारे । पुनः यसपालिको चुनावमा पनि महतो यसै क्षेत्रवाट लडने निश्चित भएको छ । त्यसो त उनले कहिल्यै पनि आफु नलडने भनेका छैनन । तर पनि क्षेत्रमा महतो नदोहरिने र निधीलाई कसैले हराउन नसक्ने हल्ला नचलेको भने होइन ।

तर अगामि बैशाख ३० गतेको निर्वाचनको तयारीलाई हेर्ने हो भने महतो पुनः यसै क्षेत्रबाट चुनाव लडने तय जस्तै छ । क्षेत्रको धनौजीमा केहि मतले मात्र स्थानिय तह गुमाएको तत्कालिन राजपा धनौजी जित्ने मात्र होइन नगराइनमा युवा नेता राजु चौधरीलाई उम्मेदवार बनाएर नगराइन पनि हत्याउने तयारी गरेको छ । नगराइनमा राम्रो उम्मेदवार भए कांग्रेस आउन नसक्ने लोसपाको बुझाई हो ।
हुनत यस क्षेत्रमा एमाले नेतृ जुली महतोको पनि बोलबाला हो । तर एमाले लोसपाको गठबन्धन भए यो क्षेत्रमा जुली र महतो मध्ये एक जना मात्र चुनाव लडने निश्चित छ । यसरी हेर्दा महतो निधीको भिडन्त पुनः दोहरिने भएको छ । निधिले महतोलाई पराजित गरि अघिल्लो चुनावको बदला लिन खोज्ने छन भने पाँच वर्षमा संगठन, सम्र्पक, समन्वय र सहकार्य बढाएका महतो राष्ट्रिय राजनितिको माहोल अनुसार आफुले नै चुनाव जित्नेमा निश्चिन्त छन् ।
लोसपा रोक्ने योजनामा जसपा
एता यस अघिको संसदिय निर्वाचनमा संगै रहेको उपेन्द्र यादवको जसपा भने यसपटक यस क्षेत्रमा लोसपा रोक्ने मनस्थितीमा छ । धनुषा क्षेत्र नं. ३ मा जसपा जित्ने भन्दा पनि लोसपालाई बिगार्ने योजनाका साथ अगाडि बढने जानकारहरु बताउछन् । जनकपुरधाम उपमहानगरपालिका देखि स्थानिय तहहरुमा जसपा उम्मेदवार उठाँउदा कांग्रेसले बाजी मार्ने सम्भावना हुनेछ ।
संसदिय निर्वाचनमा पनि जसपाले उम्मेदवार ल्याउने हल्ला रहेपनि त्यो प्रचार मात्र हो । संसदिय निर्वाचनमा जसपा र लोसपा एक नभए यस क्षेत्रमा जसपाले उम्मेदवार दिएपनि नदिएपनि आन्तिरक रुपमा कांग्रेसलाई सहयोग गर्ने र महतोलाई रोक्ने रणनिती बनाउन सक्ने चर्चा छ । यद्यपि धनुषा ३ मा राष्ट्रिय महत्वको निर्वाचन हुने भएकाले पहिल्यै केहि भन्न सक्ने अवस्था भने छैन ।