एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ६ : जनकपुरधाम स्थित तत्मा (दास) समाजले श्री भुइयाँ मधुकर महाराज देवताको पुजा आराधना धुमधामका साथ गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ लक्ष्मण अखाडा देवस्थान स्थित समाजले आफना कुल देवता समेत रहेका श्री भुइयाँ मधुकर महाराज देवताको विधि पुर्वक पुजा आराधना गरेका हुन ।
प्रत्येक वर्ष परम्परागत रुपमा मनाउदै आएको सो पुजाले समाजको हित हुने अगुवाहरु बताउछन । समाजका अगुवाहरुले आफुहरुको कुल देवता जंगलमा गएको बेला जंगलका राजा भनिने बाघलाई बचाई दिएको भन्दै पुजापाठले आफुहरु सुरक्षित हुने र आफुहरु जंगलमा जाँदा तत्मा कुलको भन्दै बाघले समेत केहि नगर्ने विश्वास रहदै आएको बताउछन् ।
पुजापाठमा समाजका अगुवा, महिला र बयोवृद्व सहित युवाहरुको समेत उपस्थिती थियो ।