एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ६ : नेपाल सुशासन पार्टीका राष्ट्रिय अध्यक्ष रमेश खरेलले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफनो मतको महत्व बुझन सवैमा आग्रह गरेका छन् । जनकपुरधाम आएका पुर्व डिआइजी समेत रहेका उनले केहि युवाहरु संगको साक्षात्कारका क्रममा देशमा जताततै पैसाको चलखेल, पावरको काम र दलाली प्रथाले प्रसय पाइरहेको बताउदै शिष्टम परिवर्तणका लागि जनता स्तरबाटै सुधान हुनुपर्ने बताएका छन् ।
उनले बिना पैसा, सोर्स र भनसुन कुनै पनि कार्यालयमा काम नहुने परिस्थती रहेको बताउदै शिष्टमलाई सधार्न जनताले नै उचित मतदान गर्नुपर्ने एकमात्र विकल्प रहेको बताए । वर्तमान शिष्टमलाई मलजल गरिए पछि सन्ततीले धिकार्ने उनको तर्क छ ।
छलफलमा उपस्थित खरेलका शुभचिन्तकहरुले खरेल आफनो पार्टीलाई मत माग्नु भन्दा देशमा सुशासनका लागि जनतालाई सचेत गराउन पार्टी खोलेको बताएका थिए । कार्यक्रममा जनकपुरधामका अगुवा र युवाहरुको सहभागिता रहेको थियो ।