एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको न्यायालयमा देखिएको बेथिति अन्त्य गर्नकै लागि बैधानिक बाटो महाअभियोग रोजिएको बताएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेश शहिद प्रतिष्ठानले आयोजना गरेको २९ औं महान जनयुद्व दिवस समारोहलाई सम्बोधन गरेर वाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा माओवादी अध्यक्ष प्रचण्डलले प्रधानन्यायधिशले समस्याको समाधान गर्न सहज वातावरण बनाईदिएपछि गठबन्धनको निर्णय अनुसार महाअभियोगमा जान परेको बताएका छन् ।
उनले महाअभियोगको प्रस्तावमा जसपाको समेत सहमती रहेको दावी गरेका छन् । सुन्नोस प्रचण्डको भनाई