एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनितीमा फाइनल गोल हुन वाँकी रहेको बताएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मधेश शहिद प्रतिष्ठानले आयोजना गरेको २९ औं महान जनयुद्व दिवस समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डलले क्रान्ति विरुद्वको प्रतिक्रान्ति जारी रहेकाले अहिले नै खेल जितिसकिएको नसोच्न नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले फाइनल गोल गर्न वाँकी रहेको बताए ।
प्रतिक्रान्ति विरुद्व बनेको गठबन्धन तोडेर प्राप्त उपलब्धी धरापमा पार्ने षडयन्त्र भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । उनले आफु मधेश प्रति बिश्वस्त रहेको बताउदै परिवर्तणको रक्षामा मधेशमा तलमाथी नुहुने विश्वास व्यक्त गरेका छन् । आफुले राजनितिमा आउन अस्त्र शस्त्र सवै विद्या मधेशबाटै सिकेको बताउदै पुर्व प्रधानमन्त्री समेत रहेका उनले आफुलाई अप्ठेरो परे पुनः शक्ति आर्जन गर्न मधेश आउने बताएका छन् ।
प्रचण्डले मधेश प्रदेशमा विभिन्न रेकर्डमुखी कामहरु भइरहेको धारणा राखेका छन् । प्रदेशसभावाट प्रदेशको नामाकंरण ‘मधेश’ राखेर एतिहाँसिक रेकर्ड राख्ने काम भएको उनको तर्क छ । मधेश नामांकरण हुनु अन्य प्रदेशको तुलनामा पृथक र साहसिक पहिचानवादीे कदम रहेको उनको विश्लेषण छ । प्रचण्डले मधेशबाट अन्य प्रदेशहरुले सिकिरहेको बताउदै जययुद्व दिवस मनाएर मधेश सरकारले राष्ट्रिय एकताको चरित्र प्रदर्शन गरेको बताएका छन् ।