एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १ : नेपालको एक मात्र रेल्वे नेपाल रेल्वेको परिक्षण सञ्चालन सुरु भएको छ । आइतवारवाट सुरु भएको परिक्षण सञ्चालन (ट्राइरन) रेल्वेको विधिवत समुदघाटन सम्म निरन्तर जारी रहने दावी नेपाल रेल्वेको छ । आइतवार पुनः जनकपुरधाममा नेपालले किनेर थन्किएको रेल जनकपुरधाम सम्म आइपुग्दा सर्वसाधारणहरुको भिडभाड लागेको छ ।
२०६७ साल देखि बन्द अवस्थामा रहेको नेपालको एक मात्र रेलसेवा नेपाल रेल्वे जयनगर–जनकपुरधाम सेवा विधिवत कहिले देखि चल्ने भन्ने यर्थात एकिन अझै नभएपनि फागुन १ गते आइतवार देखि रेल्वेको परिक्षण निरन्तर रहने गरि सुरु गरिएको छ ।
नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले फागुनको दोस्रो साता देखि भारत विहारको जयनग देखि धनुषाको कुर्था सम्मको सेवा नेपाल रेल्वेले सुरु गर्ने गरेपनि दुई देशका प्रधानमन्त्री स्तरबाट रेल्वेको समुदघाटन हुने भएकाले त्यसको ग्यारेन्टी भने आफुले लिन नमिल्ने उनको भनाई छ । यद्यपि उनले समुदघाटन नभए सम्म दैनिक निरन्तर परिक्षणको काम भने भइरहने उनी बताउछन् ।
सश्स्त्र प्रहरी वलका डिआइजी, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख र जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सवार रहेको नेपाल रेल्वेको पहिलो दिनको परिक्षण सम्पन्न भइरहँदा जनकपुरधाम सहित यस क्षेत्रका जनता भने रेल्वे सञ्चालनको प्रतिक्षा व्यग्र रुपमा गरिरहेका छन् । रेल्वे बन्द भएपछि सुस्ताएको जनकपुरधामको बजार पुन फस्टाउने र भारतिय सरसमानहरु जनकपुरधाममै सहज उपलब्ध हुन थालेपछि सर्वसाधारणलाई भारतीय बजार धाउन नपर्ने समस्या रेल्वे सञ्चालन पछि समाप्त हुने विश्वास व्यापारी अगुवाहरुको छ ।
नेपाल सरकारले किनेर ल्याएको पनि करिव १७ महिना पुग्न लागेपनि चल्न नसकेको नेपाल रेल्वेको परिक्षण सञ्चालनले अव रेल साच्चै चलला कि भन्ने आश कतिपयमा छ भने नेपालमा गलत राजनिति हावी भएकाले केहि भन्न नसकिने र रेल्वेको सञ्चालन पनि अगामि निवार्चनसंगको राजनितिमा पिरोलिन सकिने अडकलवाजी गर्नेहरुको संख्या पनि कम छैन ।