एसपी रिपोर्टर
जनकपुरधाम, माघ २९ : नेकपा एमालेकी नेतृ तथा पोलिटब्युरो सदस्य जुली महतोले एमालेलाई कुनै बैशाखीको साहारा आवश्यक नरहेको बताउदै मेहनतका साथ स्थानिय तहको निर्वाचनमा जुटन आग्रह गरेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १३ मा गठन भएको वडा स्तरीय पार्टी कमिटिलाई शुभकामना दिदै पुर्व मन्त्री नेतृ महतोले एमाले पार्टी आफैमा ब्रान्ड रहेको बताउदै त्यसलाई सार्थक बनाउने जिम्मा नेता कार्यक्रताहरुको भएको बताएकी छन् ।
जनकपुरधामको विकासका लागि मेयरमा समेत एमाले जित्न आवश्यक रहेको उनको तर्क थियो । निम्ति वडा अध्यक्ष तथा एमालेकी नेतृ भारती सिंहले ४१ सदस्यीय वडा कमिटिसंगै अव पार्टी स्थानिय तहको निर्वाचनमा जुटने बताएकी छन् । एमालेको जउनपा वडा नं. १३ स्तरीय ४१ सदस्यीय वडा कमिटिको सपथ ग्रहण समेत सम्पन्न भएको छ ।