एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ : मारवाडी सेवा समिति जनकपुरधामको नयाँ कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । समितिको सभाहलमा आयोजित समारोहमा प्रमुख निर्वाचन अधिकृत विजय झुनझुनवालाले नयाँ कार्यसमितिका अध्यक्ष निर्मल चौधरी सहितका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहणका साथै पदभार ग्रहण गराएका छन् ।

कार्यक्रममा विशेष उपस्थिती रहेको मधेश प्रदेशका खानेपानी तथा सिचाँई मन्त्री ओम प्रकाश शर्माले संख्यामा न्युन रहेको मारवाडी समुदाय आफनो मेहनत र लगनशिलताको बलमा अगाडि बढिरहेको बताएका छन् । कार्यक्रममा प्रदेश सांसद परमेश्वर साहले मधेश प्रदेश र जनकपुरधाम राजधानी बनाउन सफल भएकोमा खुसी लागेको बताउदै मधेश आन्दोलन र मुद्दामा मारवाडी समुदायको सहयोगको प्रशंसा गरेका छन् ।

मारवाडी समुदायका अगुवाहरुले मारवाडी सेवा समिति जनता र समाजका लागि विभिन्न गतिविधी गर्दै आएको र अगामि दिन यसलाई झनै तिव्रता दिइने बताए । कार्यक्रममा सेवा समितिका संस्थापनक अध्यक्ष बद्री प्रसाद सिंहानियाका साथै मारवाडी समुदायका अगुवाहरु हरद्वारी सिंहानिया, ओमप्रकाश सरार्फ, निवर्तमान अध्यक्ष ललित बजाज सहित नेपाली कांग्रेसका नेता किशोर साह, वरिष्ठ पत्रकार रामभरत साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितको उपस्थिगती थियो ।

समितिको नयाँ वरिष्ठ उपाध्यक्षमा संतोष कुमार गोइन्का, उपाध्यक्षमा राजेश अग्रवाल, महासचिवमा प्रमोद कुमार अग्रवाल, सचिवमा शुसिल शर्मा र कोषाध्यक्षमा गौतम कुमार अग्रवाल सहित १३ सदस्सीय कार्यसमिति चयन भएको छ ।