एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ : नेकपा (माओवादी केन्द्र) का युवा नेता उदय बरबरिया यादवले गठबन्धन जोगाउने सर्तमा अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन गर्न नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास नभएको अवस्थामा गठबन्धनको कुनै औचित्य नरहने बताइरहेको बेला मेयर बरबरियाले भने, ‘यही कारणले यदि गठबन्धन टुट्ने भए टुटेस तर एमसीसी कदापि पास हुन भएन ।’
यदि एमसीसी संसदमा टेवल नगर्दा या अमेरिकाको इच्छा अनुसार पारित नगर्दा गठबन्धन टुट्छ या सराकर ढल्छ भने ढल्न दिनुपर्छ,’ युवा नेता बरबरियाले जनाए । एमसीसी देश र जनताको हितमा नरहेको बताउदै उनले देश र जनता विरोधी कुनै पनि कार्य गरेर गठबन्धन बचाउने खेल हुन नहुने बताए ।