एसपी रिपोर्टर
जनकपुरधाम, माघ १५ : जनकपुरधामको काव्या अस्पतालले दुईवटा संवेदशिल न्युरो सर्जरी गरि दुवैजना विरामीलाई शकुशल घर फर्काउन सफल भएका छन् । केहि हप्ता अगाडी मष्तिक्समा रगत जमेको विरामीको जनकपुरधामकै काव्या अस्पतालका न्युरो सर्जन डा. हेमन्त कुमार साहले सफल शाल्यक्रिया गरेका थिए भने दुई तल्ला माथीबाट लडेर मष्तिक्शमा गम्भिर प्रकृतीको समस्या लिएर आएर विरामीको समेत सफल शाल्यक्रिया पश्चात दुवैजना निको भएर डिस्चार्ज भएको अस्पतालले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
यस अघि मधेश प्रदेशको बिरगंजमा मात्र उपलब्ध रहेको सो उपचार सेवा जनकपुरधाममै काव्या अस्पतालमा सुरु भएको जानकारी हुन आवयश्क रहेको बताउदै काव्या अस्पतालका सञ्चालक डा. एसके सिंहले काब्या अस्पतालका विषयमा प्रायोजित हल्ला र कुप्रचारवाजी भइरहेको गुनासो गरेका थिए ।
डा. सिंहले काव्या अस्पताल एकदमै महगो रहेको विषयमा आफु कुनैपनि बेला बहस गर्न तयार रहेको बताउदै कुनै पनि निजी क्लिनीक भन्दा काव्या अस्पताल महङ्गो नरहेको दावी गरेका छन् । एनेस्थेशिया क्रिटिकल केयर विशेषज्ञ डा. मुकेश कुमार गामीले जनकपुरधाममा विभिन्न संवेदनशिल समस्याका उपचार उपलब्ध रहेपनि गलत प्रचार र सुचनाको अभावमा विरामीहरु अनाहक पैसा खर्च गरि वाहिर जाने गरेको भन्दै सञ्चार जगतले सुचित गर्न आवयश्क रहेको बताएका थिए ।
भारत राजकररिया नथयारीका सुरेश महतो र धनुषा ढल्केवरका रामपाल यादव दुवै जना विरामीको सफल न्युरोे सम्बन्धी सघन उपचार पश्चात घर पठाउन सफल भएको भन्दै काव्या अस्पतालले खुसी व्यक्त गरेको छ ।