एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ : यो संघिय सरकारको संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालय अन्र्तगतको वृहत जनकपुरधाम क्षेत्र विकास परिषदले सञ्चालन गर्दै आएको जनकपुरधाम स्थित अतिथि सदन ‘यात्री निवास’ हो । सरकारी स्वामित्वको यो अतिथि सदनमा निजी कम्पनी द पिक हस्पिटालिटी प्रा.ली. नामको लागि २० वर्ष भनिएपनि दिर्घकालिन सोचँका साथ कब्जा गर्ने उद्देश्यले आफनो स्वामित्वमा पार्न सफल भएको छ ।
काठमाण्डौं स्थित पशुपतीनाथ क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन हेर्ने यो कम्पनी धार्मिक तिर्थयात्री तथा विशिष्ठ साधुसन्त र अतिथिहरुका लागि निर्माण गरिएको यो यात्री निवास अव आफनो हिसावले चलाउने भएका छन् । मठिहानी मठले परिषदलाई लिजमा दिएको करिव २३ कठ्ठा मध्ये करिव १८ कठ्ठा क्षेत्रफलमा २१ कोठे तिनतल्लाको भवन र एक सभाहल सहित प्रा.लीले लिजमा लिएर पुर्ननिर्माणको काम थालेको छ । यात्री निवासको पुरानै भवनलाई पुर्न निर्माण गरि सौन्दर्यकरणको काम धमाधम भइरहेको छ ।

स्रोतका अनुसार प्रा.ली.ले स्वीमिङ्ग पुल सहितका आधुनिक सरसुविधाको व्यवस्थापन गरि यात्री निवासलाई निजी होटलका रुपमा चलाइने छ जबकि यस्को स्थापना सुद्ध साकाहारी पद्धतीमा जानकी मन्दिर दर्शनका लागि आउने धार्मिक पर्यटक र विशिष्ठ व्यक्तित्वहरुको आवासका लागि भएको हो । प्रा.ली.लाई यात्री निवास २० वर्षका लागि वार्षिक मात्र ३० लाखमा लिजमा दिइएको सम्झौता बारे परिषद सदस्य तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर स्वंयम लाल किशोर साहलाई नै थाहा छैन । स्वामित्व दिएको विषयमा आफुलाई कुनै जानकारी नरहेको बताउदै उनले आफु पनि आश्चर्यचकित भएको बताउछ् ।

भारतको बालाजी ट्रस्टले जानकी मन्दिर दर्शन गर्न आउने तीर्थालु बस्न बनाइदिएको जनकपुरस्थित धर्मशाला (तिरुमाला तिरुपती देवस्थानम् यात्री निवास) अव होटलका रुपमा निजी स्तरबाट चल्ने भएपछि विरोध हुन थालेको छ । नागरिक अगुवाहरुले यहाँका गुठीका जमिनहरु जस्तै तत्काल जे भनिएपनि पछि सम्पुर्ण रुपमा कब्जा गर्ने मनशायले नै धर्मशालालाई हस्तान्तरण गरिएको हुन सक्ने आशंका व्यक्त गरिरहेका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष निर्मल चौधरीले यात्री निवासलाई निजीकरण गर्नु लगत रहेको बताए । राज्यले धमाधम यस्ता धरोहरहरु निजीकरण गर्ने हो भने शहरको मौलिकता समाप्त हुने उनको भनाई छ ।
बाह्रबिघ्घा रंगभुमि मैदानको दक्षिण दशरथ तलाउ र पापमोचनी पोखरीको छेउमै रहेको यात्री निवासलाई विस्तारै स्टार होटलको रुपमा परिणत गर्ने गरि काम थालिएको छ । यद्यपि परिषदका कार्यकारी निर्देशक ठाकुरले यसपछि छिट्टै परिषदसंग होटलको दररेट र धार्मिक पर्यटक तथा सातुसन्तको हकमा विशेष सेवा सुविधा सहितको सम्झौता गरि मात्र सञ्चालन हुने गरि लिजमा दिइएको दावी गरेका छन् । निजी कम्पनीलाई दिएपछि धार्मिक उद्देश्यको यात्री निवास आधुनिक सेवा सुविधा सहित सञ्चालन होला नै तर पछि त्यसै भरमा सार्वजानिक महत्वको त्यो सम्पती निजिकरण नहोला भनेर भन्न सकिन्न ।